हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि. ले बिभिन्न सहकारी संस्थाहरू संग एकिकरण गरी मिति २०७८।१२।१५ गते आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा दर्ता एकिकरण भई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. भएको छ । हाम्रो मध्यवर्ती साकोसले नेफ्सकुन द्धारा संचालित गुणस्तर सुनिश्चीतता प्रोबेशन कार्यक्रममा २०७४ कार्तिक देखी समाबेश भई प्रोबेशन ब्राण्ड समेत प्राप्त गरेको छ । साथै आ.ब. २०७७।२०७८ देखि एक्सेस कार्यक्रम मा पनि समाबेश भएको छ । संस्था एकिकरण भई सकेको अबस्थामा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. लाई नै पूर्ण तथा ब्यबसायिक साकोस कार्यक्रममा संस्थागत दिगो बिकासका लागि समाबेश गरी अगाडि बढाउँदै र सो कार्यक्रममा ब्राण्ड समेत प्राप्त गर्न सफल भएको छ । साथै यस संस्थाले नेफस्कूनबाट उत्कृष्ट ब्यबसाय पुरस्कार र राष्ट्रिय सहकारी महासंघबाट पनी उत्कृष्ट ब्यबसाय पुरस्कार प्राप्त गरेको छ । आगामी दिनमा यस संस्थालाई लुम्बीनी प्रदेश कै उत्कृष्ट सहकारी निर्माणका लागी संचालक र ब्यबस्थापन कटीबद्ध भई काम गरिरहेका छौं । हाल बर्दिया जिल्ला कार्यक्षेत्र बनाई ९ वटा सेवाकेन्द्र र १ वटा केन्द्रिय कार्यालयबाट सदस्यहरुमा सेवा प्रबाह गरि रहेका छौं । सदस्यहरुलाई गुणस्तरीय तथा प्रभाबकारी सेवा प्रदान गर्नका लागी ४० जना कर्मचारीहरु कार्यरत रहेका छन ।
उद्देश्य:
सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको देहायमा उल्लेख भए बमोजिमको उद्देश्यहरु हुनेछन् :
(१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने।
(२) सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने।
(३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने
(४) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने।
(५) साधारण जनताका आर्थिक अबस्थाको बिकास र प्रर्बद्धनमा सर्मपित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संगठनको दाजोमा पुग्ने उदेश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने।
(६) दातृ संस्थाबाट कुनै शर्त नराखी प्राप्त हुने अनुदान स्वीकार गर्ने।
(७) आफ्नो उदेश्य पुरा गर्नको लागी समान उदेश्य भएका स्थानीय,क्षेत्रिय,राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरु संग सहयोगात्मक भावना राख्ने।
(८) सदस्यहरु तथा संस्थागत बिकासका लागी आय आर्जन परियोजना संचालन गर्ने।
(९) समाजमा कमजोर बर्ग र निम्न आय भएका सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउने।
(१०) सदस्यहरुको समृद्धि र बिकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन,नियमहरु र यस बिनियममा ब्यबस्था भए बमोजिम दैनिक कार्य संचालनका साथै चल अचल सम्पति आर्जन गर्ने,क्रय बिक्रय गर्ने,बिनिमय गर्ने,हस्तान्तरण गर्ने ,धरौटि राख्ने,बन्धक राख्ने आदी कार्य गर्ने ।
(११) अन्य संघ संस्था संग ऋण लिने दिने।